एजेन्सी। भारतको ७४ औँ स्वतंत्रता दिवसको अवसरमा दिल्लीको लालकिल्ला मा आयोजित समारोहमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले तीनवटा कोरोनाविरुद्धको खोप तयार पारिरहेको दाबी गरेका छन् । महामारीले चर्को रूप लिएकोमा दुःख व्यक्त गर्दै, निर्माण भइरहेका तीनवटै खोपहरु को विभिन्न चरणमा परीक्षण भइरहेको र स्वीकृती पाएपश्चात ठूलो मात्रामा खोप उत्पादन गर्ने तयारि भारत सरकारले गरिरहेको जानकारी दिए ।
उक्त समारोहमा प्रधानमन्त्री मोदीले भारतले छिमेकी मुलुकहरुसँग पनि राम्रो सम्बन्ध कायम गरिरहेको बताए । सिमाना जोडिएको मात्रै नभएर भावना जोडिएको पनि असल छिमेकी हुन्छ भन्ने आफ्नो भनाई राखे । त्यस्तै लद्दाखमा भारतीय सेनाहरुले देखाएको बहादुरीको पनि उक्त समारोहमा उनले प्रशंसा गरे ।
१९४५ अगष्ट १५ मा बेलायतवाट भारत स्वतन्त्र भएको थियो । सोही दिनको सम्झनामा भारतमा यो दिन विशेष कार्यक्रम हुँदै आएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :