दुहबीमा कर्मचारी सहित ४ जनामा कोरोना पुष्टी


Corona-positive
दुहबी, श्रावण २०, मङ्गलबार


दुहबी नगरपालिका, सुनसरी का कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दुहबी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर प्रसाद महतोका जानकारी अनुसार, दुहबीमा स्वाब सङ्कलन गरेपश्चात, विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान लागेर नमूना परीक्षण गर्दा, कोरोना संक्रमण पोजिटिभ आएको हो । 

संक्रमित हुनेमध्ये, एकजना ५३ वर्षीय कर्मचारी हुन, र अन्य ३ जना संक्रमित वडा नं ४ र ५ बस्ने २४, ३३ र ६० वर्षीय व्यक्ति हुन । अहिले उनीहरूको स्वास्थ्य सामान्य अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । संक्रमित भएका बिरामीहरूलाई उपचारका लागि गोठगाउँ आइसोलेसन केन्द्र लैजाने तयारी भइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार