गाई काट्ने चारजना पक्राउ ।


प्रकाशित: भदौ ५, शुक्रबार, नुवाकोट ।

गाई नेपालको राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावर को हत्या गर्नु कानूनी अपराध हो। गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ ।

गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा काभ्रेस्थित सिरानटोल निवासी चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए । गाई सन्तबहादुर तामाङको गोठ बाट लगिएको हो भने घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार