विराटनगरमा लकडाउन सकिए लगत्तै निषेधाज्ञा जारी |


प्रकाशित: भदौ ५, शुक्रबार, बिराटनगर

विराटनगरमा आज राती १२ बजे देखि लागू हुने गरी भदौ १० गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ।

सरकारले लकडाउन खोले सँगै विराटनगरमा कोरोना संक्रमणको दर हाव्तै बढेको छ । विराटगनर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीन साता लामो लकडाउन गरेको थियो । प्रभावकारी नतिजा नआएपछि, पुन्:निषेधाज्ञा गर्ने सम्बन्धमा स्थानीय तहहरुले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेका थिए।

सोही विषयमा आज शुक्रबार दिउँसो १ बजे बसेको बैठकले विराटगनर क्षेत्रमा १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञाजारी गर्ने निर्णय गरेको छ। बिराटनगर महानगरपालिकाले गरेको लकडाउन आज राति १२ बजे सकिदैछ । 

सुचना:


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार