अन्तर्राष्ट्रिय सिमाना भदौ ३१ सम्म का लागि बन्द ।


 

देश, श्रावण २७, मङ्गलबार

सरकारले यसअघि नै श्रावण ३२ सम्म नेपाल प्रवेश गर्ने सम्पूर्ण सिमानाका बन्द गर्ने निर्णय गरेको थियो । तर सीमावर्ती जिल्लाहरुमा कोरोना संक्रमण अत्याधिक रुपमा बढ्दै गएका कारण नेपाल सरकारले आगामी भदौ ३१ गते सम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।


भारतसँग सिमाना जोडिएका जिल्लाहरूमा संक्रमणका बेला अत्यन्त बढी आवतजावत बढेका कारण सरकारले अघिल्लो समयलाई बढाएर भदौ ३१ सम्म पुर्याएको हो । आज मंगलवार भएको प्रेस ब्रिफिङमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री डाक्टर युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो । 


नेपाल फर्किनै पर्ने स्वदेशी नागरिकहरूलाई भने सरकारले १० वटा विशेष नाकाहरुबाट प्रवेश गर्न दिने र अत्यावश्यक वस्तुका ढुवानी सेवालाई रोक नलाउने निर्णय को जानकारी समेत प्राप्त भएको छ ।


खतिवडाका अनुसार झापाको काँकडभिट्टा, मोरङको रानी , सिराहा को मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्देहीको बेहलिया, कपिलवस्तुको कृष्णनगर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार