गुल्मीमा निषेधाज्ञाको सट्टा आजबाट यस्तो नियम लागु ।



प्रकाशित: भाद्र १३, शनिवार, गुल्मी 
गुल्मीमा आज शनिबारबाट निषेधाज्ञा हटाइएको छ तर जिल्ला प्रवेश गर्नेहरूले अनिवार्य रुपमा पी सि आर रिपोर्ट देखाउनुपर्ने छ । कोरोना संक्रमण जोखिम बढेका कारण भदौ ७ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको गुल्मीमा आज राति १२ बजेदेखि भदौ १९ गते मध्यराति सम्मका लागि यस किसिमको नियम बनाइएको हो । 

जिल्लामा रहेका बिभिन्न ब्यबसायहरु समेत निश्चित तालिका बनाएर खोलिने भएको छ । दुग्ध व्यवसाय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । अन्य पसल, उद्योग तथा व्यवसायहरू बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको छ । अस्पताल, औषधि पसल र पेट्रोल पम्प भने २४ घण्टा नै खुला रहन पाउनेछन् ।

जिल्ला प्रवेश गर्ने जुनसुकै किसिमका सवारी साधनहरुले चालक र सहचालकको पी सि आर रिपोर्ट अनिवार्य देखाउनु पर्नेछ । रिपोर्ट नेगेटिव आएको या रिपोर्ट नभएको खण्डमा सवारी चालक तथा सहचालकले १० दिन सम्म सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

यदि कसैले जिल्ला प्रशासनको निर्णयलाई अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने कुरा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो । 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज हुने भनिएको सचिवालय बैठक स्थगित भएको छ। सचिवालयका सदस्य रहेका उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल जेलमा बस्नुपर्ने भएका कारण आज शनिबार हुने भनिएको बैठक स्थगित भएको हो। 

कोविड-१९ संकट व्यवस्थापन केन्द्रका कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएका कारण दुबै नेता आइसोलेशनमा बसेको स्रोतको जानकारी छ । उक्त बैठक भदौ ११ लाई सारिएको छ । बैठकमा पाटी विवाद समाधान गर्नका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार