मेरो देश


sangam-niraula-mero-desh

मेरो देश

मेरो देश, एक सुन्दर देश
विश्वकै अग्लो शिखर सगरमाथा भएको देश
बिहान झुलकिदै गरेको किरण देख्न पाइने देश
प्राकृतिक रूपले एकदमै सुन्दर छ मेरो देश

भोकमरी र रोगले मर्न बाध्य छन् किसान 
भ्रष्टाचारी र बिचौलियाले गर्दा हुनुपरेको छ जनता हैरान 
अझै पनि यहाँ हुन्छ भेदभाव जातपातमा 
नवराज र उनको साथिले ज्यान गुमाउनुपर्यो कुनै गल्ती नै बिना 

गौतम बुद्ध जन्मिएको यो मेरो देश 
तापनि अशान्तिले भरिपूर्ण छ मेरो देश 
राजाले त न्याय नपाएको ठाउँमा 
निर्मलाको न्यायको लागि त आश पनि गर्न सकिदैन यहाँ

परिवारको आश बनेर बिदेश पलायन भएका युवा 
फर्किएर आउन बाध्य हुन्छन् बाकसमा 
प्रेम प्रस्ताव अस्वीकार गरे एसिड प्रहार गर्ने चलन छ यहाँ
एसिड प्रहार गर्ने खुलेआम हिडिरहेका हुन्छन् बाटो बाटैमा 
छिमेकी मुलुकमा समेत विधुत बेच्ने क्षमता भएको मेरो देश 
अझै पनि नेपालीलाई अन्धकारमा बाच्न बाध्य बनाउँछन् राजनेताहरु 

दश मिटरको फरकमा दुई भिन्न फल पाइने मेरो देशमा
बिचौलिया र भ्रष्टाचारीले चुर्लुम्मै पारिसके मेरो देश छुट्टा छुट्टै भेषमा 
खेती युक्त जमिन हाम्रो ठाउँमा छ
जसमा सरकारी निकायको ध्यानाकर्षण हुन‌ मात्र बाँकी छ
स्वर्ग हुन लायक मेरो देशमा
बस अब एउटा असल राजनेताको खाँचो छ

संगम निरौला, उर्लाबारी मोरङ

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार