विराटनगर, श्रावण १८, आईतबार
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल लाई कुटपिट गरेको आरोपमा पक्राऊ परेका दुईजना कर्मचारीलाई म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ । सञ्जेललाई शनिबार, आफ्नो कार्यालयकै दुईजना महिला कर्मचारीले कुटपिट गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार, सञ्जेल कार्यालय आएको केहीबेरमा करारमा नियुक्त गरिएका दुईजना कार्यालयका सहयोगी नेत्रकुमारी भट्टराई र मेनुका कोइरालाले कार्यकक्ष प्रवेश गरी चुकुल लगाएर कुटपिट गरेका थिए । उनीमाथि टेबुलमा राखिएको राखिएको पेपर व्हेट, नेम प्लेट, पञ्चिङ मेसिन लगायतले प्रहार गरिएको थियो जसका कारण सञ्जेलको हात, निधार र ओठमा चोटबलागेको थियो ।
उनको रुखो बोली र अपशब्दका कारण कुटपिट गरेको बताइएको छ भने भ्रष्टहरुको इशारामा आफूमाथि आक्रमण भएको भनी सञ्जेल को भनाई छ । कार्यालयमा उनलाई भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा चिनिने गरिएको छ ।
पक्राउ परेका कार्यालय सहयोगीहरु भट्टराई र कोइरालालाई जी. प्र. का. मोरङ्ग मा "अभद्र व्यवहारको मुद्धा " मा म्याद थप गरी थप अनुसन्धान सुरु गर्ने तयारी प्रहरीले गरेको छ । मिलापत्र गर्न सञ्जेलले स्वीकार नगरेपछि, उनीहरूमाथि मुद्धा चल्ने भएको जानकारी मोरङ्ग प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :