“समृद्ध नेपाल सुखी नेपाली” - पर्वत खत्री



प्रकाशित: भाद्र १५, सोमबार ।
बर्तमान सरकारको मूल नारा बनेको “समृद्ध नेपाल सुखी नेपाली” को अवधारणा आफैमा एक चुनौतीपूर्ण छ ।  नेपालको आवधिक १५औँ योजनालाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सोच साकार पर्ने आधार निर्माण गर्ने योजनाको रुपमा लिएको छ भने उक्त अवधारणा नेपालको चाहना र जनताको आशा बनेको छ । समृद्धको अर्थ “धनदौलतले सम्पन्न” र सुखको अर्थ “धन, परिवार इष्टमित्र चारैतिर बाट आनन्दित” भएको अवस्था हो । राजनीतिक स्थायीत्व र आर्थिक उन्नतिको लक्ष्य लाइ प्रप्ता गर्ने हो भने समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सोच लाइ साकार पर्न आगामी २५ बर्षिय दीर्घकालीन सोच (२१००) लाई पर्खिनु नपर्ला, तर वर्तमान परिस्थितिमा सिर्जित समस्यालाइ केहि अवधिमा नियन्त्रण गर्न सक्नुपर्छ । राजनीतिको खिचातानी, भ्रस्टाचार, आफन्तवाद, श्रोत साधनको दुरुपयोग, बैदेशिक पलायन, सत्ता लालचको राजनीति जस्ता समस्याले कुण्ठित देशका जनताले समृद्ध देश पाउन युगौ युग पर्खिनुपर्ने त हैन र यदि हो भने यो कति सम्मको लज्जास्पद र व्यभिचारिक कुरा हो। 

देशमा उपलब्ध श्रोत साधनको उचित् , नियोचित संरक्षण र प्रयोग गर्ने हो भने विश्व मानचित्रमा नेपालको अस्तित्व जोगाउन कुनै आधार वर्षको निर्माण र प्रतिक्षा गर्नु पर्दैन तर सत्ताको लालचले राजनीतिको दुरुपयोग गरि व्यक्तिगत स्वार्थमा निहित व्यक्तित्वको हातमा सत्ता सुम्पिने हो भनि नेपालको अस्तित्व लोपोन्मुख बन्न कुनै युग कुर्नु नपर्ला । बेरोजगार, श्रमको गलत मूल्यांकन, भौगोलिक कठिनाइको सास्ती, सामाजिक कुरीति जस्ता समस्याले ग्रसित यूवा दक्ष जनसक्ति विदेशिनुको अर्को विकल्प छैन । नेपाल कृषि प्रधान देश भन्ने नारा लगाउदैमा देशमा समृद्धि आउदैन, जबकी कुल कृषि उत्पादनले देशको आधा जनसंख्यालाइ समेत धन्न सक्दैन ।

 करिब ७० प्रतिशत जनसंख्या कृषिमा आधारित छ तर बर्षेनी बढ्दै गएको खाद्यान्न आयत र भोग्नुपरेको ब्यापारले देशको कुल ग्राह्यस्त उत्पादनको केहि अंश ओगटेको छ । जलश्रोतमा विश्वको दोश्रो धनि देश करिब ८३,००० मेघावाट विधुत उत्पादन गर्ने क्षमता छ करिब २,५०० मेघावाट मात्र बिधुत उत्पादन गर्ने हो भने नेपालमा बिधुतको अपूर्णता समाप्त हुन्छ भने अन्य क्षेत्रको सम्भावना प्रचुर छ । तर विडम्बना देशमा बिभिन्न शिप सिक्ने अनि त्यसको प्रयोग गर्न बिदेस जाने प्रवृति दिनहु बढ्दै छ, आखिर किन बिदेसनै जाने देशमा श्रम गरगर्दा हुदैन रु तर के गर्ने देशमा बेरोजगारको चाप अधिक छ ।

सामन्तबादीले जरो गाडेको छ गरिब सधै गरिब नै धनि भने दिनमा २ गुना र रातमा ४ गुना ले धनि हुदै छ यस्तो सकसपूर्ण वातावरण मा गरिबले श्रमको उचित् मूल्यांकन सहितको पारिश्रमिक कसरि पाउछन् ? पुजीवादीहरुले श्रमिक बर्गलाई सधै लुट्ने प्रवृतिले सापेक्ष गरिबीको दर उच्च् बन्दै छ । यस्तो परिस्थितिमा सरकारले किन कुनै कदम चाल्दैन किन कि सरकारको नेतृत्व नै पुजीवादी र सामन्तवादीहरुको हैकमले चलेको छ ।

 हामी दिनहु टि.भी, रेडियोमा पत्रपत्रिकामा सुन्ने, हेर्ने र पढ्ने गर्छौं की फलानो ठाउँमा जथाभावी कच्ची सडक बाटो खनेको कारणले पहिरोले यति घर बगायो यति जनधनको क्षति भयो भनेर यो सबै किन र कसरि भन्ने कुरालाई ध्यान पुर्वक अवलोकन गर्नु पर्छ किन कि ठेकदार, भ्रस्ट, दलाल, गुण्डा र सामन्तीहरुलेनै चुनावमा टिकट पाउने जन प्रतिनिधि बन्ने र आफ्नो पदको गलत प्रयोग गरि जथाभावी अनावश्यक जग्गा जमिनको बिनास गर्ने र बाटो बनाउने प्रवृतिले यो समस्या निम्त्याएको छ । देसको यस्तो स्थितिले कसरि समृद्ध नेपाल अनि सुखी नेपालीको अवधारणा पुरा होला यसको पछाडि गम्भीर प्रस्न चिन्ह खडा छ । यदि सरकार, सरोकारवाल निकाय, स्थानीय निकाय र जनताहरु बिचमा सुमधुर सम्बन्ध स्थापित गर्ने हो भने  पुरा नहोला भन्न सकिन्न । 

हो समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सकार पार्न चुनौतीपूर्ण छ र हुन्छ पनि यसको मतलब यो हैन कि यो असम्भव धारणा हो । अब सरकारले कडारुपमा कदम चाल्नु पर्छ देसमा उपलब्ध जल, जमिन र जनसक्तिको उचित प्रयोग र परिचालन गर्नु पर्छ, कुनै पनि राजनीतिक चलखेल हुनु हुदैन, बैदिक पलायनको तिब्र प्रवृति लाइ कम गर्नु पर्छ, स्वरोजगारको सुनिश्चितता गर्नु पर्छ, युवा जनसक्तिको जोसजागर लाइ सहि क्षेत्रमा सदुपयोग गर्नु पर्छ र युवा लाइ विशेष प्राथमिकता दिएर बिकास निर्माणको क्षेत्रमा लगाउनु पर्छ ।

कृषि तथा फलफूल उत्पादन क्षेत्रको प्रचुर सम्भावना भएको कारण उक्त क्षेत्रलाइ आधुनिकीकरण गर्नुपर्छ, औषधिको लागि कच्चापदार्थ जडीबुटीको उत्पादनमा वृद्धि गर्ने र उचित मुल्यको बजारमा खरीद बिक्रि गर्नुपर्छ र श्रमवर्ग को श्रमको उचित मूल्यांकन हुनु पर्छ । यदि सरकार र जनताको मिलेमतोमा यी कार्य हुने हो भने समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने कुरामा कुनै दुइमत छैन ।

यो लेख राष्ट्रिय टाइम्सका लागि पर्वत खत्रीले पठाउनुभएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

1 Comments

आफ्नो प्रतिक्रिया दिनुहोस् :

  1. केही ठाउँमा त्रुटी छन् तर समय सापेक्षित भएकाले मन पर्यो |

    ReplyDelete

Post a comment

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार