कसरी हेर्न सकिन्छ SEE (एस ई ई) २०७६ को नतिजा ?


see-result-2076

श्रावण १७, २०७७ 

राष्ट्रिय परीक्षा बोर्डले यसपालिको एस ई ई नजिता आउने हप्ता प्रकाशित गर्न अन्तिम चरणका कामहरू गरिरहेको छ । जानकारीका अनुसार, नतिजा प्रकाशित गर्ने अंतिम चरणमा पुगेको छ बोर्ड । एस ई ई परीक्षा २०७६, चित्रबाट सञ्चालन गरिने भनिएकोमा, कोरोना महामारीका कारण स्थगित गरिएको थियो, र विद्यालयले मूल्यांकन गरी पठाएको अनकाभारलाई नै आधार मानी नतिजा प्रकाशित गर्ने भनेको थियो ।

यस वर्ष राष्ट्रिय परिक्षा बोर्डले जम्मा ४ लाख, ८२ हजार, २ सय १९ विद्यार्थीको नतिजा प्रकाशित गर्दैछ । एस ई ई नतिजा हेर्नका लागि विद्यार्थीहरुले वेबसाइट मार्फत या एस एम एस सर्ट कोड प्रयोग गर्न सक्नेछन् । तल हामीले नतिजा प्रकाशित गर्ने केही वेबसाइट हरुको सूची राखेका छौँ :

१. नेपाल टेलिकम : see.ntc.net.np
२. राष्ट्रिय परीक्षा बोर्ड : neb.gov.np
३. परीक्षा नियन्त्रक कार्यालय : see.gov.np
४. कान्तिपुर : results.ekantipur.com
५. एडूसञ्जाल : see.edusanjal.com

एस एम एस मार्फत आफ्नो नतिजा हेर्नका लागि :

१. नेपाल टेलिकम : SEE Symbol no. टाईप गरी १६०० मा पठाउनुहोस्
२. एनसेल : SEE Symbol no. टाईप गरी १६०० मा पठाउनुहोस्

यसका अलावा अन्य थुप्रै माध्यम बाट एस ई ई नतिजा हेर्न सकिन्छ । यदि सिम्बोल नम्बर विद्यार्थीहरुले प्राप्त गर्नुभएको छैन भने, आफूले पढेको विद्यालय सँग संपर्क गरेर पाउन सक्नुहुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार