विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको कार्यकाल सकेर आज औपचारिक विदाई हुँदै।



प्रकाशित: भदौ २८, आइतबार, काठमाडौँ ।
२०७३ भदौ २९ मा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकेर आज भदौ २८ बाट विदा हुने भएका छन् । कुल्मान घिसिङ २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए ।  चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

आफ्नो कार्यकालमा घिसिङले १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेर जनताको मन जित्न सफल भएको छ । फेरि पनि लोडसेडिङ को समस्या झेल्नु पर्ने हो कि भनेर कुलमान घिसिङलाई कार्यकारी निर्देशकको रुपमा दोहोर्याउन जनताले माग गर्दै आएका छन्।

मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने वा कुलमानलाई निरन्तरता दिने भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन। ।

विद्युत प्राधिकरण ऐनको दफा १७मा प्राधिकरणको कार्य सञ्चालनको निमित्त मुख्य प्रशासकीय अधिकृतको रुपमा समितिले एकजना महाप्रवन्धक र आवश्यकता अनुसार सल्लाहकार र कर्मचारीहरु नियुक्ति गर्न सक्ने व्यवस्था छ भने साधारणसभाको व्यवस्था नभएसम्म त्यस्तो मुख्य प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारले एकजना कार्यकारी निर्देशक नियुक्ति गर्ने ऐनको व्यवस्था छ ।


यसका आधारमा घसिङलाई पुनः नियुक्ति दिन कुनै कानूनी बाधा अड्चन छैन तर कुलमानलाई निरन्तरता दिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे ऊर्जा मन्त्रालय मौन छ ।

ऊर्जा मन्त्रालयले प्राधिकरणमा नयाँ व्यक्ति ल्याउने गरी प्रक्रिया पनि सुरु गरेको छैन । यसका कारण कुलमान दोहोरिने वा नदोहोरिने भन्ने निश्चित हुन सकेको छैन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार