नेपालमा कोरोनाका कारण पहिलोपटक स्वास्थ्यकर्मीको ज्यान गयो ।



प्रकाशित: भदौ १६,  मंगलवार, जनकपुर ।
महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका–४ का ४० वर्षीय हेल्थ असिष्टेन्टको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। कोरोनाका  कारण स्वास्थ्यकर्मीको मृत्यु भएको यो घटना नेपालको पहिलो घटना हो। यसअघि कोरोना संक्रमणको कारणले स्वास्थ्यकर्मीले ज्यान गुमाएको अवस्था छैन । 

सो क्षेत्रमा निक्कै लोकप्रिय ररहेका स्वास्थ्यकर्मी सरकारी निकायमा कार्यरत नभएपनि गाउँमानै औषधि पसल तथा क्लिनिक सञ्चालन गर्दै आएका  र सर्वसाधारणको उपचारमा सक्रिय रहेका थिए ।

मधुमेह तथा पत्थरी रोगले पनि पीडित रहेका मृतक स्वास्थ्यकर्मीलाई भदौ ७ गते रुघाखोकी र ज्वरो आएपछि आइसोलेशनमा बस्दै आएका थिए भने स्वास्थ्य अवस्था बिग्रेपछि उपचारका लागि काठमाडौं लगिरहेको बेलामा काभ्रेको भकुण्डेवेसीमा मृत्यु भएको थियो ।

मृतकमा कोरोना संक्रमण रहेको काठमाडौको लाजिम्पाटमा रहेको सूर्य हेल्थ केयरमा स्वाबको परीक्षण बाट पुष्टि भएको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार