कोभिड– १९ विरूद्धको भ्याक्सिन ‘स्पुतनिक–भी’ प्रभावकारी र सुरक्षित : रुसको दावी ।



प्रकाशित: भदौ २१, आइतबार, काठमाडौँ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले संसारनै त्रसित पारेको छ । अहिले सम्म कोभिड– १९ विरुद्धको कुनै उपचार पत्ता लागेको छैन भने पछिल्लो समय ११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । रूसको गेमेलिया नेष्नल रिसर्च सेन्टरले विकास गरेको कोभिड– १९ विरूद्धको भ्याक्सिन ‘स्पुतनिक–भी’ सुरक्षित नरहेको र साईड ईफेक्ट धेरै भएको डब्लुएचओको दाबीका कारण विवादमा चुलिएको थियो ।

तर, अहिले आएर दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै रूसले बनाएको भनिएको कोभिड– १९ विरूद्धको भ्याक्सिन ‘स्पुतनिक–भी’ सुरक्षित र प्रभावकारी भएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ल्यानसेट जर्नलमा प्रकाशित एक अध्ययनले रुसले गत महिना ७६ जनामा गरिएको परीक्षण सफल भएको र अध्ययनमा सो भ्याक्सिनले मानिसमा कुनै पनि गम्भीर समस्या बिना नै शरीरमा एन्टिबडी वृद्धि गराएको दाबी गरिएको छ। सो रिपोर्ट शुक्रबार लायनसेट जर्नलमा प्रकाशित गरिएको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार