सक्रिय संक्रमितहरुको संख्या यदि २५ हजार नाघेमा पुनः लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सिफारिस गरेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा लक डाउन गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयको तथ्यांक अनुसार बुधबार सम्ममा देशभरि, सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ ।
मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिनाका लागि बन्द गर्न समेत सिफारिस गरेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :