ट्रम्पले अमेरिकामा टिकटक माथि लगाएको प्रतिबन्धलाइ अदालतले हटायो ।



प्रकाशित: असोज १२, सोमबार । 
चीनको भिडियो सेयरिङ एप टिकटकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई अमेरिकाको कोलम्बिया जिल्लाका जिल्ला न्यायाधीश कार्ल निकोल्सले हटाएका छन् ।  

एकपटक प्रयोगकर्ताले मोबाइलबाट टिकटक हटाएपछि पुनः डाउनलोड गर्न नपाउने गरी ट्रम्पले प्रतिबन्ध लगाएको थियो। ट्रम्पले चिनियाँ उत्पादन टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताउँदै यसलाई अमेरिकाभर प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिँदै प्रतिबन्ध लगाउन आदेश जारी गरेका थिए।

तर अमेरिकाको कोलम्बिया जिल्लाका जिल्ला न्यायाधीश कार्ल निकोल्सले आइतबार राति टिकटकको अनुरोधलाई सदर गर्दै पुनः डाउनलोड गर्न नपाउने प्रतिबन्ध खुलाइदिएका छन् । उनले भविष्यमा टिकटक डाउनलोडको प्रतिबन्ध रोक्न अस्थायी निषेध जारी गरेको छ भने टिकटकले विज्ञप्ति जारी गर्दै अदालतको आदेश गते खुसी व्यक्त गरेका छन्।


सन् २०१७ बाइटडान्स नामको कम्पनीले लञ्च गरेको टिकटकका संसारभरी ५० करोड र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता रहेका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार