पत्रकारमाथि भएको दमनबारे प्रशाशन मौन ।


प्रकाशित: अशोज ३, शनिबार, काठमाडौँ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति हुनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गर्दै माग राख्दै आएका प्रदर्शनकारीहरु मध्ये बब्लु गुप्ता र मनिष श्रेष्ठ माथि प्रहरी दमन भएको थियो । उनीहरुमाथि वरिष्ठ प्रहरी अधिकृत हरुले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै महानगरीय प्रहरी कार्यालयले उक्त घटनाबारे छानविन थालेको छ ।

महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति बनाएर छानविन सुरु गरिएको छ। छानबिन गर्न समितिलाई ५ दिनको समय दिइएको छ । 

समाचार संकलन गरेको निउमा फोटोपत्रकार क्लवका सदस्य दहालले र अनलाइनखबरका पत्रकार रोयल आचार्यलाई पनि प्रहरीले बानेश्वरमा दुर्व्यवहार गरेको थियो । तर उक्त घटना सामान्य हो भन्दै महानगरीय प्रहरी कार्यालय मौन बसेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार