प्रकाशित: असोज १, बिहीबार, विराटनगर ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदर रिलेसनमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै दोलखाकी बालिका खड्काले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी छिन् ।
नेकपाकै कार्यकर्ता रहेकी बालिका खड्काले मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी थिइन् । लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै विपक्षी मुख्यमन्त्री शेरधन राई लाई पतिको संज्ञा दिँदै अंश मागदाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । खड्का नेकपाका भातृ संगठन महिला युथफोर्स को सचिव पनि थिइन् ।
तर हिजो बुधबार अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिईन् ।अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भन्ने दाबी प्रमाणित गर्न नसकेकी बालिका खड्काले अरुको दुरुत्साहनमा परी गरेको मुद्दा फिर्ताको लागि निवेदन दिएकी थिइन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले युवतीको निवेदन र मुद्दा फिर्ताको कागज को आधारमा राई विरुद्ध लागेको अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिई लगत कट्टा गरेको हो।
आफू माथि मुद्दा पर्दा नेता कृपासुर शेर्पाको उक्साहटमा बालिका खड्काले आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन गरेका थिए भने खड्काविरुद्ध तत्कालीन आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि उजुरी गरेको थियो तर प्रहरीले यसबारे छानविन प्रक्रिया अघि नबढाएको पार्टीबाट पनि न्याय नपाएको भन्दै राईको गुनासो थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :