लाप्चा बगर हाम्रो हो ,केही कुरा भए बोर्डरमा गरौंला भन्दै चिनियाँ सेनाद्वारा माइकिङ ।



प्रकाशित: असोज ७, बुधवार ।
चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि हुम्लाबाट हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा स्थलगत अध्ययनका लागि हुम्लाको लाप्चा बगरमा गएको नेपाली टोलीसामू चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण नगरेको त्यो आफ्नै भूमि भएको दाबी गरेको छ । 

चीनले भवन बनाएकै ठाउँसम्म पुग्दा १२ नम्बर पिल्लर त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा रहेको टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए। तर चिनियाँ पक्षका अनुसार भवनहरू बनेको भूमि हाम्रै हो सिमा यहाँबाट नेपालतर्फ एक किलोमिटरको दुरीमा रहेको बताए।

अध्यक्ष तामाङका अनुसार नेपाली टोली पुगेपछि चिनियाँ प्रहरीले सेनालाई खबर गरेको थियो र एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गर्दै नेपाली पक्षलाई कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो । 

अध्यक्ष तामाङका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन र ११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न सकिन्न । भवन बनेको स्थानबाट साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएका‌ छन्।


नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थिए तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खाल समेत लगाएको पाइएको छ ।

पहिला दुवै पक्षबाट भोगचलन हुने तर अहिले त्यहाँ जाँदा त्यो ठाउँबाट १ किलोमिटर वर पनि उसैले दाबी गरेको छ । "अब यो कुरा आशंकाले टुंग्याउनुपर्छ हामी पालिकाले त सहयोग मात्रै गर्ने हो" अध्यक्ष तामाङले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार