मोरङ्गमा निशेधाज्ञा पुनः थप गरियो ।


प्रकाशित: भदौ १६ ,मंगलबार , विराटनगर । 

विराटनगर लगायत मोरङका विभिन्न स्थानहरूमा समुदायस्तरमा कोरोना संक्रमण नरोकिएका कारण , पुनः लकडाउन/ निषेधाज्ञा घोषणा गरिएको छ । आज मंगलबार बसेको कोभिड क्राइसिस व्यवस्थापन समितिको बैठकले यस्तो घोषणा गरेको हो। 

आज राती १२:०० बजेदेखि लागू हुनेगरी भाद्र २२ सम्मका लागि लक डाउन घोषणा गरिएको हो । लक डाउन/ निषेधाज्ञा मा अत्यावश्यक मानिएका काल कारखाना, व्यवसाय र सेवाहरु मात्र सञ्चालन हुनेछन्। जथाभावी हिँड डुल गर्न रोक लगाइने छ । साथै, विशेष किसिमका अत्यावश्यक सामग्रीको आपूर्ति समेत प्रोटोकल फलो गरेर मात्र पाइनेछ । अत्यावश्यक बाहेकका संपूर्ण व्यापार, व्यवसाय लक डाउन भरी सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

निशेधाज्ञा थापिएपनी विस्तारै खुकुलो पार्दै लाने र जनजीवन सामान्य बनाउनका लागि अन्य विकल्पहरु खोजिने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले दिनुभयो ।

सुचना :


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार