लाइन काटिने क्रम बढे लगतै इन्भर्टर र जेनेरेटर खोज्न थाले उपभोक्ता , व्यवसायी भन्छन् ब्यापार दोब्बर ।



प्रकाशित: असोज १०, शनिबार, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन भएपछि चार वर्षमा खासै नकाटिने बिजुली पछिल्ला तीन हप्तामा लाइन काटिने क्रम ह्वात्तै बढेको छ। कुनै ठाउँमा त दिनको २–३ घण्टा नै लाईन काटिन थालेकोले उपभोक्ता चर्चित बनेका छन् । यो कुराको पुष्टि इन्भर्टर र ब्याट्रीको ब्यापार विगतको तुलनामा दोब्बर बढेको ले गर्छ।

पछिल्ला केही वर्षहरुमा संस्थागत कार्यालयहरुमा टेन्डर हालेर व्यापार गर्दै आएको कम्पनीमा आजभोलि काउन्टरबाटै बिजनेस हुन थालेको व्यवसायीहरू बताउँछन् भने कतै त इन्भर्टर ब्याट्रीको व्यापार दुई गुणाले बढेको ले व्यापारी आफैं चकित भएका छन्।

बितेको ३ वर्ष यो बिजनेसमा कुनै उत्साह थिएन, जसोतसो चलेको थियो ।ब्यापार बढेर मौज्दातमा रहेका जेनेरेटर बिक्री हुन थालेपछि व्यापारीहरू विज्ञापन समेत गर्न थालेको एक जेनेरेटर् व्यापारी बताउँछन् ।

त्यसैगरी १ ब्या्ट्री पसले अनुसार एक डेढ हप्ताका ग्राहक हेर्दा उपभोक्ता आत्तिएको हो जस्तो अनुभव गरेको पाइएको छ।

कोरोना भाइरस संक्रमणको आँगन शिक्षण क्षेत्र प्रभावित बनेको बेला अनलाइन कक्षा विद्यार्थीहरूको लागि हामीले मुख्य बाटो बनेको छ। अहिले ५ मिनेट मात्रै झ्याप्प बिजुली गयो भने अनलाइन कक्षा अवरुद्ध हुने भएकाले विकल्पको खोजी हुनथालेपछि इन्भर्टर र ब्याट्रीको ब्यापार झनै फस्टायो देखिन्छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार