नेपालजस्ता गरिब मुलुकहरुमा कोरोना विरुद्धको खोपको आपूर्ति युनिसेफले गर्ने।



प्रकाशित: भदौ २०, शनिबार, काठमाडौँ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको लडाइँमा गरीब मुलुकहरूलाई खोप उपलब्ध गराउने जिम्मा युनिसेफले लिएको छ।

गरिब मुलुकहरूलाई खोप उपलब्ध गराउने विश्वव्यापी प्रयास 'गाभी' को कार्यक्रम अन्तर्गत

विश्वव्यापी 'कोभ्याक्स फ्यासिलिटी' का तर्फबाट युनिसेफले उत्पादक तथा साझेदारसँगको सहकार्यमा कोरोना खोप खरिद, ढुवानी, बन्दोबस्ती तथा भण्डारणको नेतृत्व गर्ने भएको हो।

निकट भविष्यमै उपलब्ध हुने कोरोना खोप संसारका सबै मुलुकमा खोप पुगोस् र खोप प्राप्त गर्नबाट कुनै देश वन्चित हुनु नपरोस् भनेर सुनिश्चित गर्न कोभ्याक्स फ्यासिलिटीको स्थापना गरिएको हो।

कोभ्याक्सका तर्फबाट न्यून तथा न्यून मध्यम आय भएका ९२ देशका लागि 'पिएएचओ' कोषसँगको सहकार्यमा खोप खरिद गरी आपूर्ति गर्ने युनिसेफद्वारा जारी विज्ञप्ति मा उल्लेख गरिएको छ।

गाभीको न्यून र मध्यम आयका भएका ९२ देशको सूचीमा नेपाल पनि परेको छ ।

८० देशले भने आफ्नै सरकारी बजेटबाट रकम व्यवस्था गरेर कोभ्याक्समा सहभागी हुने आशय व्यक्त गरेका छन् भने उनीहरूले किन्ने खोपमा पनि युनिसेफले संयोजकका रूपमा सघाउनेछ।

विश्व स्वास्थ्य संगठन, गाभी, सिईपिआई, पिएएचओ, विश्व बैंक, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन तथा अन्य साझेदारसँग सहकार्य गरेर युनिसेफले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार