लामो दुरीका सवारी साधन र आन्तरिक हवाई उडान असोज १ गतेबाट सञ्चालन हुने।


प्रकाशित: भदौ ३१, बुधवार, काठमाडौँ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज १ गतेबाट सुचारु गर्न दिने निर्णय गरेको छ । 

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान र यातायात बन्द गरेको थियो ।

अन्तराष्ट्रिय उडान र जिल्ला भित्र यातायात सञ्चालनमा आएपनि लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सूचारू हुन सकेको थिएन भने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुवै असोज १ गतेदेखि खुला गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्री ज्ञवाली का अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गर्नुपर्ने शर्तमा आन्तरिक हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात संचालन गर्न दिने निर्णय भएको हो ।

सर्त अनुसार सिट क्षमताको ५०% मात्रै यात्रुहरु बोक्न पाइने छ भने भौतिक दुरी कायम हुने गरी एक पङ्तीको १ सिटमा १ जनामात्रै राख्न पाइने छ । यात्रुले अनिवार्यरुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । सवारीसाधनको प्रवेशद्वारमा र सवारी सदनभित्र सेनिटाइजर अनिवार्य रूपमा व्यवस्था हुनुपर्नेछ ।


चालक र सहचालकले अनिवार्यरूपमा मास्क, भाईजर् र पंजा लगाउनु पर्नेछ । सवारी साधनलाई दैनिकरुपमा डिसईन्फेक्सन् गरिनु पर्नेछ ।

सार्वजनिक यातायातको हकमा पर्न गएको मार्काको कारण यातायात व्यवसायीले अधिकतम ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् भने हवाई उडानको सन्दर्भमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडा दर तोक्नेछ  र संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार