२४ गतेपछि मालपोत कार्यालय खुलाउने तयारी ।



प्रकाशित: भदौ २३, मंगलवार, काठमाडौँ ।
लामो समयसम्म मालपोत कार्यालय बन्द हुँदा सेवाग्राहीहरु मारमा परेको भन्दै भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले २४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुलाउनका लागि तयारी सुरु गरेको छ । काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने २४ गते पछाडि निषेधाज्ञा थप भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने गरी कसरी खोल्न सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार निषेधाज्ञा थपिए पनि उच्च सतर्कता अपनाएर सेवा दिनु पर्छ भन्ने आएको रायका आधारमा सम्भवतः बुधबार वा बिहीबारदेखि सेवा सुरु हुन्छ ।

काठमाडौं उपत्यका बाहेकका जिल्लाहरुमा सम्बन्धित स्थानीय प्रशासनले भने अनुसार नै मालपोत कार्यालयहरुले सेवा दिने भएपनि काठमाडौंका विषयमा भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। पौडेलका अनुसार मन्त्री स्तरीय निर्णयबाटै बन्द भएको हो, अब खुल्दा पनि मन्त्री स्तरीय निर्णय ले नै खुल्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार