पुलचोकमा प्रहरीको मोटर्साइकलमा आन्दोलनकारीको आगजनी ।


प्रकाशित: भाद्र १८, बिहिबार, ललितपुर ।
रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीयवासी र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएपश्चात स्थानियहरुले प्रहरीको मोटरसाइकल आगजनी छन् । निषेधाज्ञाको उल्लंघन गर्दै युवाहरु बिहानैदेखि रथ यात्रामा व्यस्त रहेका थिए। बिहान ११ बजेपछि उनीहरुले रथ तान्दै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।

दिउँसो १ बजेपछि भने अवस्था निकै तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बढ्दै गएपछि युवाहरु आक्रमक बनेका थिए। प्रहरीले पानीको फोहोरा फ्याक्ने ट्याङ्कर लिएर पुगेपछि उनीहरुले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको थियो। प्रहरीले अश्रु ग्याँस समेत प्रहार गर्न थालेपस्चात उनीहरुले पानीको ट्याङ्कर तोडफोड गरेका थिए र प्रहरीको मोटरसाइकल पनि जलाएका थिए ।

फोटो फिचर :

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार