" आशावादी नेतृत्व " भाग - १ - जगत जंग थापा


jagat jung thapa

प्रकाशित: भाद्र ३०, मंगलबार ।
गरिव राष्ट्रको दुखत सुचीमा पर्ने नेपालको नेतृत्वको मगन्ते शैलीलाई ढाकछोप गर्दै,पाठ्यक्रमका रंगीविरंगी कितावमा चाही पुर्खाको गौरबशाली भूमिका,योगदान र सम्मानयोग्य नेपाल प्रति विश्वसमुदायको नजरको मुक्त प्रशंसक गरेको किताव पढदै गर्दा, वर्तमान नेपाली जनताको अवस्था र विश्वसमुदायमा नेपालको छवी यथार्थमा आकास पातलोको भिन्नता पाइन्छ ।

जनआन्दोलन २०६२/६३ पछि लोकतन्त्र, गणतन्त्र जस्ता नामकरण गरि देशको ब्यावस्थामा जनताको पहुच पुगेको भान गराउने काम गरियो,जनताले पत्याएपनि । विडम्बना देश हाक्ने सरकार स्वार्थमा बन्ने र फेरी ठियाकठुक नमिल्दा सरकारको प्रतिपक्षमा बस्नेगरिएको पाइयो । त्यहि ब्याक्तित्व र पार्टीको अंकगणितमा सत्ता तताएर जनताप्रति गैरजिम्मेवार ब्याबहार बाट शासनगर्ने परिपाटिबात आर्जित भएर नेपाली जनताले २०७४ को चुनावमा बहुमतीय सरकार गठन गरेर, जनसरकार, जनताको म्यान्डेट पाएको सक्तिशाली सरकारको २०७७ सम्मको कार्य सम्पादनको लेखाजोखा र मूल्यांकन गर्दा, जनताको भरोसा, आकांक्षा माथी खेलवाड मात्र भएको छैन, जनता विश्वासघातिको नेतृत्वमा शासित हुनु परेको छन ।

राष्ट्र स्वार्थभन्दा पार्टीको स्वार्थ, ब्याक्तिको स्वार्थ, आसेपसे र नातावादको स्वार्थ पूर्ति गर्ने लजास्पद घटिया ब्यावहार २०६२ पछि यस भूमिमा बारम्बार दोहोरिएको छ । यस सम्बन्धि सुधारको बाटोभने अपन्नत्व गरेको पाइदैन । देशको नेतृवगर्ने शक्तिशाली पदमा पुग्न नेपाली राजनीतिक परिपाटीको मूल्यांकन गर्दा गाउँ, वडा, जिल्ला स्तरीय बाट उदाउदै गर्ने राजनीतिक कार्यकर्ताबाटै त्यो पद पूर्ति हुने गर्दछ त्यसैले झोले कार्यकर्तालाई नेता सुभानाम दिएर तेस्ताको शौभाग्य बढाउने काम आजै बाट छाडौ,त्यागौ । काम गर्नेको जयजयकार गर्ने गरौ, खोक्रो नेताको पगडी भिरेर हिड्ने र पार्टीले देशको अस्मिता माथिनै धावा बोलेतापनि पार्टीको गैरजिम्मेवारि नेतृत्वशैली प्रति औला ठड्याउने भन्दा ढाकछोप गरि सत्यवादी र जनभावनाको काम गर्दै गरेको जस्तो भान गराउने गैरजिम्मेवार झोलेलाई तथ्य,सत्य र कठोर अभिव्यक्तिले नान्घेझार लाजको टोपी पहिराई दिएर यस नेपाली राजनीतिको मूलधारको यात्रा बाट कुलेलाम ठोकाउन जरुरि छ । किनकि, तल्लोस्तरको पार्टी कार्यकर्ताले खबरदारी नगर्दा सम्म उप्लो तहको नेतृत्वकर्ता न झस्किन्छ न सुध्रिन्छन । 

वेरोजगार, अशिक्षित र सङ्क्रीण सोचमा रम्ने राजनीतिज्ञ कुनैपनि देशको २१ औं शताब्दीको नेतृत्वकर्ता हुन सक्दैन, विकासउन्मुख गरिव राष्ट्र नेपालमा त यो झनै सम्भव छैन । किनकी त्यो बेरोजगारी राजनितिज्ञ जीवन जिउनका लागि मात्र कमिसनखोरी भ्रस्टाचारि र माथिको पैताला चाट्ने चरित्र अवलम्बन गरको हुन्छ जसले आफ्नो परिवारको पेट तुत्छ कमाइको साहारमा उत्पादित पैसाको आडमा पालेको हुन्छ तेस्तो गैरजिम्मेवार राजनितिज्ञले देश समृद्धि गर्ने कुरा र देशलाई स्वाभिमानी र आत्म निर्भर बनाउने कुरा अकल्पनीय छ । 

२१ औं सताप्दिको भागदौड, विश्वब्यपिकरण र प्रतिस्पर्धीयुक्त समाज र विश्वमा अशिक्षित राजनितिज्ञले भिजनको उत्पादन गर्न असक्षम भइ देशको नेतृत्व गर्ने पद ओगट्ने बाहेक अरु केहिपनि उपलब्धि हुने छैन । 

यस्तै स्वयम को सोच सहि र फरक धारणा, विचार ,दर्सन वाद लाइ अमान्य मान्ने राजनीतिज्ञले ४ जात ३६ वर्णनको साझा फुलबारी नेपाल लाइ एक ढिक्का बनाएर नेत्रत्व गर्न असक्षम र असम्भब हुन्छ । त्यस कारण यस्ता राजनीतिज्ञ र यस्ताको आसेपासेलाई राजनीति बाट बर्जित गर्नुपर्छ । किनकि यस्ता सङ्क्रीण सोच बोक्ने यस्ता राजनितिज्ञले मुलुकको नेतृत्व गरे कलह, बिग्रह, अशान्ति र आफ्नो जस्तै विचारधारा बोक्ने बिदेशी छापामारा लाइ देश प्रबेश गराई देशको शान्तिसुरक्षा र गरिमा माथी हस्तक्षेप गरि देश भित्र दुर्भाग्यपूर्ण, नेपाली जनताले नसोचेको घटनाक्रमको बिकास हुन सक्छ । जुन नेपाली इतिहासले प्रस्ट्याइ सकेको छ । 

माथि उल्लेखित सम्पूर्ण कुराको विश्लेषण गर्दा बिकासउन्मुख मुलुक नेपाल को कयापलटका निमित्त राजनीति सुध्रिन जरुरि छ । अहिले जताततै राजनीतिज्ञको उमेरको हिसाब र युवानेता को खाचो को राजनीतिक वृतान्तमा चर्चापरिचर्चा हुने गरेको छ । आखा चिम्लेर अन्दो भक्त भएर उमेरको हिसाबमा युवा नेता, यो नेता, त्यो नेता भनेर नेतृत्वशैली भन्दा उमेर लाइ दाज्ने परिपाटी दुषित मानसिकता सिर्जित कूविचार र कूधारणा हो । हामी भेडा नेपाली जनता व्यवस्था परिवर्तन गर्दा गर्दै आजित भएर आसे मानसिकता बोकी युवा नेताले देश बचाउने परिकल्पना गर्दै छौ । हुनसक्ला युवा नेतृत्व आयो भने देश विकासउन्मुख बाट बिकसित होला तर के आधारमा भन्ने प्रश्न चै स्वयम संग गरेका छौँ ? सोचेका आउदो पुस्ताका नेताको कार्य कर्तब्य तौलिएका छौँ ? छलफल, बहस, विमर्श गरेका छौँ ? हचुवाको भरमा व्यवस्था परिबर्तन गर्दा गर्दै आजित भएर झन् अब आएर हचुवाको भरमा नेतृत्व परिवर्तनको अपेक्षा गर्नु भेडा प्रवृत हैन र ? 

त्यसैले अब बिचार पुर्याउ, मूल्यांकन गरौ, सचेत बनौ । तपाइको नेतृत्व गर्ने तपाई भन्दा कमसल छ भने तपाइ हो त्यो ठाउको वा समाजको नेतृत्व गर्न बिचार गरौ त रु त्यसैले केहि आधार नेतृत्व, कर्ता नेतृत्व गर्ने सोच बुन्ने हरेक र नेतृत्व चुन्ने बेलामा ध्यान दिनु पर्ने, केहि गुण र आधार हरु तल उल्लेख गर्दै छु । जसले तपाईलाई अन्धो भक्त भएर भेडा प्रवृतिमा हैन वैचारिक परिपक्वता स्थापित गरी सचेत नागरिक बनाउने छ । जुन वर्तमान देशको परिस्थिति परिवर्तनका निम्ति आवश्यक छ:

१. खुल्ला विचारक, 
२. भावनात्मक बुद्धिमता, 
३. समस्या नासक्,
४. दर्शनमा स्पष्टता, 
५. समानुभुती,
६. कार्यमा धैर्य, निष्ठा, उदेश्यमा स्पष्टता र पारदर्शीता, 
७. आउदो पुस्ताका निमित्त उदाहरणसेट, 
८. सम्भावनालाई वास्तविकमा परिणतगर्न योग्य, 
९. सशक्तीकरण,
१०. नम्र, 
११. कूटनीति, 
१२. उत्तरदायीत्व, 
१३. दूरदर्शी, 
१४. जोसिलो, 
१५. लचक, 
१६. प्रभावशाली, 
१७. नैतिकवान बफादार, 
१८. सकरात्मक दृष्टिकोण मा रही कडा निर्णय लिनसक्ने, 
१९. नव कार्यका लागि पहल र 
२०. विश्वशशिलो आदि 

लेखक - जगत जंग थापा

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार