अन्तराष्ट्रिय तर्फको नियमित उडान थप: विदेशबाट ८०० यात्रु मात्र ल्याउन पाउने कोटा हटाइयो ।


प्रकाशित: भदौ २५, बिहीवार, काठमाडौँ ।
नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन पाउनेछन् भने यसअघि यात्रु संख्याको सीमामा लगाईएको प्रतिबन्ध हटाइएको छ ।

अन्तर्राष्ट्रिय तर्फ पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट नियमित उडान सुचारु गरेसँगै सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी कोटा तय गरेको थियो ।

उपप्रधानमन्त्री , परराष्ट्रमन्त्री , र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केपि शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

मन्त्री भट्टराइका अनुसार नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन पाउनेछन् त्यसका लागि एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति दिइनेछ।


यो निर्णय गरिएसँगै अब दैनिक २ सय देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको उनले बताए।

यात्रुको कोटा हटाइए पनि‌ पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखिएको छ।

यससँगै कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत गरेको र नियमति उडान भएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको मन्त्री भट्टराइकाले बताए ।

भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका हकमा श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिनेछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार