कोसी अस्पतालले नलिँदा एक गर्भवती महिलाको अस्पतालको गेटमै मृत्यु ।



प्रकाशित: भदौ २६, शुक्रबार, बिराटनगर ।
प्रसूति व्यथाले च्यापेर प्रसव पीडामा रहेकी विराटनगर महानगरपालिका-६ की ३० वर्षीया विमला ऋषिदेवलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याएका थिए तर अस्पतालले भर्ना गर्न मानेन । सुकुमबासी टोलमा बस्दै आएकी विमलाको परिवारसँग निजी अस्पताल लैजान खर्च नहुँदा मध्यरातमा खार्च जुटाउँदा जुटाउँदै, बच्चा जन्माउन नसकेकी उनको ज्यान गएको हो ।

परिवारसँग अन्तिम संस्कारका लागि पनि पैसा नभएर शव उठाउनै समस्या भएको थियो।

नेपाली कांग्रेसका प्रदेश-१ सचेतक केदार कार्कीले सहयोग गरे पछि विमलाको अन्तिम संस्कार भएको हो। अस्पतालले बिरामी भर्ना गर्दैन् , सरकार नदेखे झै गर्छ,’ अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यु भएको सचेतक कार्कीले बताए ।

एक वर्षअघि खोलामा डुबेर विमलाको छोराको मृत्यु भएको थियो भने अहिले ९ र ३ वर्षकी दुई छोरी छन् ।


यसअघि दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेकाले तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै कोशी अस्पतालले फिर्ता पठाएको थियो तर कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. चुमनलाल दास भन्छन प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता पठाउन मिल्दैन ।

डा. दासले यदि कसैले फिर्ता पठाएको भए छानविन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार