प्रकाशित: भदौ ३०, मंगलवार, काडमाडौं ।
सम्झौता अनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने दुई कम्पनी कारबाहीमा परेका छन् । कृषि सामग्री कम्पनीले शैलङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिलाई कालोसूचीमा राख्न आवश्यक कारबाही गर्न सार्वजनिक खरिद अनुगमन कार्याललाई पत्रचार गरेको छ भने ठेकदारबिरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा आदेश जारी गरेको छ ।
समयमै मल नल्याएको भन्दै भदौ २१ गते शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको र उक्त कारबाही कार्यान्वनय गर्न २२ मा पठाइएको पत्र तत्काल कार्यन्वयन नगर्नू नगराउनू,’ अदालतको आदेशमा उल्लेख गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध रिट निवेदन लिएर उच्च अदालत गएका उक्त रिटमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलमा बोलाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :