विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० अहिले खेलिँदै ।


 
IPL

प्रकाशित: असोज ३, शनिबार, बिराटनगर ।
विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० कोरोना भाइरसले पाँच महिना धकेलिएपनि महामारीकै बिच भारतमा कोरोना संक्रमण लगातार बढिरहेको कारण युएईमा हुनलागेको खेल अहिले चलिरहेको छ ।

समय अनुसार आज राति पौने ८ बजे पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुन लागेको हो। दुवै टिम आइपिएल इतिहासका सबैभन्दा सफल टिम हुन् भनी आइपिएलको सर्वाधिक विजेता मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितेको छ र चेन्नई तीन पटक च्याम्पियन बनेका छन ।

यसपटकको दुबई, सारजाह र अबुधावीमा हुने खेलका दौरान रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ भने आइपिएलका लागि खेलाडी, अफिसियल लगायतले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ ।

युएईको तीन स्थानमा हुनलागेको खेल अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन्।

यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट आइपिएलमा खेल्दैछन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार