मोरङमा ६ दिन निषेधाज्ञा थप, व्यापार व्यवसाय गर्न केही खुकुलो।



प्रकाशित: भदौ १७, बुधवार, बिराटनगर ।
मोरङ जिल्लामा कोभिड-१९ को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र हाल १६०० जना संक्रमित भएको र १६ जना को मृत्यु समेत भएकोले जिल्ला प्रशासन कार्यालय मोरङले २०७७/०५/२२ गते राति १२ बजे सम्मका लागि लागु हुनेगरी निषेधाज्ञा आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम प्रमुख जिल्ला अधिकारी श्री कोषहरि निरौलाले निषेधाज्ञा आदेश जारी गरेका हुन्। तर, निरन्तरको निषेधाज्ञाले यस जिल्लाको व्यक्तिहरूको जनजीवन झनै कष्टकर बन्दै गएकोले जीवनयापनलाई समेत क्रमश सहज गर्दैजाने र संक्रमण लाई समेत नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञाको नियमलाई केही खुकुलो बनाउँदै सामान्य हेरफेर गरिएको छ।

निजी सवारी साधन सिटीरिक्सामा जोरविजोर प्रणाली लागु गरेसँगै व्यापार व्यावसायीको हकमा भने, खाद्यान्न ,इन्धन ,खाना पकाउने नयाँ, तरकारी, फलफूल, दूध, डेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल व्यावसाय सञ्चालकले ग्राहकको तापक्रम नाप्ने, २ मिटरकोसामाजिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने तथा नेपाल सरकारबाट जारी सुरक्षा मापडण्ड, जनस्वास्थ्य मापदण्ड उद्योग-ब्यापार आपूर्ति सम्बन्धी मापदण्ड लगायतका मापदण्डहरु समेत पालना गर्नेगरी अर्को सूचना नआएसम्मका लागी दिउँसो ४:०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने निर्णय भएको छ। अत्यावश्यक बाहेकका सबै पसलहरु शनिबार पूर्ण रूप्मा बन्द रहने र औषधि पसल नियमित रुपमा संचालन गर्ने निर्णयमा उल्लेख गरिएको छ।

होटल तथा रेष्टुरेन्टले अनलाइनमार्फत होम डेलिभरी र टेकअवे सेवा सञ्चालन गर्न पाउनेछन् भने भेटघाट गर्ने जम्मा हुने आदि गर्न पाउनेछैन। त्यसैगरी सैलुन, ब्युटिपार्लर ,हटिया ,गुद्रीबजार, सब्जी मंडी, जिमखाना, कभर्ड हल आदिको सञ्चालनमा भने रोक यथावतै छ।

सूचना :


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार