मारिया किड्स मन्टेश्वरी स्कूलको भर्चुअल अभिभावक भेला सम्पन्न अभिभावकले गरे खुलेर प्रशंसा ।


प्रकाशित: भाद्र २२, सोमबार , विराटनगर ।
मिति २०७७ साल भाद्र २१ गते मारिया किड्स मन्टेश्वरी स्कूलले आफ्ना विद्यायलयका अभिभावक सँग काेराेना भाइरस र यसले पारेकाे प्रभाव र विद्यालयले संचालन गरेकाे वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापका सम्बन्धमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हो।

बेलुका ४ वजे शुरु भएकाे उक्त कार्यक्रममा पहिलो १ घण्टा कक्षा १/२ मा अध्यनरत बालबालिकाका अभिभावकहरुलाई लक्षित गरी सञ्चालन गरिएकाे थियो भने ५ बजे कक्षा एल.के.जी र यू.के.जी मा अध्यन बालबालिकाका अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको थियो उक्त दुवै कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष श्री जि.पी. चुडालले गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावकलाई सम्बोधन गर्दै कोरोना भाइरसका कारण बालबालिकाको पठनपाठनमा पर्न गएको क्षतिलाई केहीहद सम्म न्यूनीकरण गर्न सुरुवाती अवस्थामा विद्यालयको फेसबूक पेजमा गृहकार्य हाल्दै आएको र पछिल्लो चरण जेष्ठ महिनाबाट म्यासेन्जरमा कक्षागत ग्रुप निर्माण गरी गृहकार्य आदनप्रदान र सोही ग्रुपमा जूम मिटिङ्गको लिङ्क पठाएर पठनपाठन गराउँदै आएको र बालबच्चाको पठनपाठनमा हरेक दृष्टिकोणबाट आफू हरक्षण तयार रहेको कुरा प्रधानाध्यापक मनिष पोखरेलले बताउनु भयो ।

विद्यालयले चालेका हरेक कदममा साथ दिदैँ आउनुहुने खड्ग भट्टराई, बबिता भट्टराई, निर्मला दाहाल लगायत अन्य अभिभावकहरुले मारिया किड्स विद्यालयले विद्यार्थीहरुलाई सिकाइ प्रति केन्द्रित गराइरख्न गरेको अनलाइन पठन पाठन प्रसंशनीय रहेको बताउनुभएको थियो । पहिले अनलाइन कक्षा नहुँदा भन्दा अहिले अनलाइन कक्षा हुँदाको अवस्थामा आफ्ना नानीहरुले सुधारात्मक प्रतिक्रिया देखाएको वहाँहरुको भनाइ थियो ।

आफ्ना बाल बच्चा अनियन्त्रित भएको अवस्थामा वैकल्पिक सिकाइले उनीहरुको अनुशाशनलाइ कायम राख्न सघाउ पुर्याएको कारणले यसै किसिमको सैक्षिक प्रणालीलाई देशको अवस्था सामान्य नभएसम्म लगियोस भन्ने अभिभावकहरुको तर्क रहेको थियो । साथै पहिले अध्ययन गर्दै गरेको विद्यालयमा भन्दा मारिया किड्स आएपछिको अनुभव आफ्ना बच्चाका लागि निकै प्रभावकारी रहेको भनि अभिभावकहरुले विद्यालयको प्रशंशा गर्नुभयो ।


विगत ४ महिना अघिदेखि विद्यालयले बिना शुल्क निरन्तर भर्चुअल कक्षा संचालन गरिरहेको अवस्थामा , शिक्षकहरुले पारिश्रमिक पाउनुपर्दछ त्यसकारण शुल्क निर्धारण गरिदिए उचित हुनेथियो भनि अभिभावकहरुले आग्रह समेत गर्नुभएको थियो । शिक्षक वर्ग, विद्यालय प्रशाशन र अभिभावक वर्गको सामुहिक प्रयाशबाट सुरु गरिएको वैकल्पिक भर्चुअल कक्षा निरन्तर रुपमा गराउन अनुरोध गर्दै, शुल्क समेत निर्धारण गरियोस भन्ने कुरामा अभिभावकहरुको जोड थियो ।

विद्यालयका प्राचार्य मनिष पोखरेलले, " स्थिति सहज भएपस्चात्न र सरकार तथा स्थानीय निकायले शुल्क तय गरेपछि मात्रै शुल्क उठाउन मिल्छ, त्यसपछि हामि हजुरहरुलाई जानकारी दिनेछौँ " भन्दै अभिभावकहरु विध्यलयप्रति जवाफदेही भैदिनुभाएकोमा खुशी तथा धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यस्तै, केहि समयपश्चात विद्यालयले उपयुक्त व्यवस्था मिलाएर विद्यार्थीको मुल्यांकन गर्नका लागि परिक्षा तालिका तोकिने समेत जानकारी गराउनुभयो ।

कार्यक्रमको अन्त्यमा उपाध्यक्ष जी.पी चुडालले, सम्पूर्ण शिक्षक, कर्मचारी र अभिभावकहरुले यस्तो महामारीका बिचमा पनि बाल मस्तिष्कलाइ चलायमान बनाइराख्न, उनीहरुको सिकाइप्रतिको रुचि बढाइराख्न र उनीहरुको मानशिक वृद्धि विकास गराइरख्न गरिरहनुभएको प्रयास अत्यन्तै सराहनीय रहेको बताउदै सबैमा धन्यवाद दिनुभएको थियो । " अनलाइन कक्षा पर्याप्त त छैन, त्यसमाथि साना साना बालबालिका , तर अपर्याप्त हुनु भनेको कामै नलाग्ने हुनु भन्ने पक्कै पनि होइन, त्यसकारण हामि सबै मिलेर कोसिश गर्यौँ भने सम्भव नहुने चाहिं रहेनछ '' भनि वहाँले साना बालबच्चाका लागि चुनौतिपूर्ण रहेको अनलाइन सिक्षा प्राप्त गर्ने हिम्मत र क्षमताको पनि तारिफ गर्नुभएको थियो ।

फोटो फिचर:



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार