एसएसपी बज्राचार्जको नेतृत्वमा, बब्लु गुप्ता र मनिष श्रेष्ठ माथि कुटपिटको छानबिन समिति गठन |


bablu gupta
प्रकाशित: असोज ३, शनिबार, काठमाडौँ ।
चारवर्षे कार्यकालमा नेपाली जनताका लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ भने यसैक्रममा विभिन्न संचारमाध्यम तथा लाईभ भिडियो बाट प्रहरीको हस्ताक्षेप र दमन् प्रष्ट देखिएको छ । 

घिसिङको समर्थनमा आएकाहरूलाई नियन्त्रण गर्ने क्रममा असोज १ गते बबरमहलमा हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले कुटपिट गरेको छ। यसैगरी शुक्रबार घिसिङको समर्थनमै बुद्धनगरमा निस्केका उक्त ग्रुपकै सदस्य मनिष श्रेष्ठको प्रहरीले टाउको फुटाइदिएको छ । भिडिओमा भने प्रहरीले टाउकोमा लाठीले हिर्काएको प्रष्ट देखिएपनि प्रहरीले भाग्ने क्रममा उनी लडेर घाइते भएको बताइरहेका छन् ।

प्रहरी-प्रशासनले अधिकार दुरुपयोग गरेको आलोचना भएपछि घटनाको छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् । समितिलाई एक साताभित्र दुवै घटनाको छानविन गरी प्रहरी अधिकारको दुरुपयोग गरेको दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न कार्यादेश दिइएको पोखरेलले जानकारी दिए।

उनका अनुसार समितिमा प्रहरी नायब उपरीक्षक राजेश रिमाल र प्रहरी निरीक्षक विनोदप्रदीप बस्याल छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार