गरीबीको पीडा नबुझ्ने रहेछ सरकारले पनि
महंगीबढ्यो अब त छाक टर्दैन हजारले पनि।
भोकले मर्नेलाई कसले जिम्मा लिन्छ अब
कोरोनाले मर्दा हेर्न पाउदैनन् परिवारले पनि।
महिनौ को यो बन्दले चुलो बल्न छाडे पछि
पक्कै हतीयार उठाउँछ अब इमान्दारले पनि।
मानवीय आस्तित्व भन्नु के बाँकी छ र यहाँ
बिरामी पर्दा वास्ता गर्दैनन् संधियारले पनि।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :