स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल परिवारका एक सदस्यलाई कोरोना भाइरस संक्रमण को पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्। तीनदिनदेखि होम क्वारेन्टाइनमा बसेको मन्त्री ढकालले घरबाटै मन्त्रालयको कामकाज गरिरहेको बताए ।
परिवारको सदस्यमा संक्रमण देखिएकोले घरमै बसेको र प्रोटोकल अनुसार ५ दिन बसेर पिसिआर परीक्षण गरेपछि मात्रै नेगेटिभ आए स्वास्थ्यकर्मीको सुझावमा बाहिर निस्किने मन्त्री ढकालले जानकारी दिए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :