महामारीका बेला सडकमा भीडभाड गरी प्रदर्शन नगरिदनुहोला भन्दै समर्थकलाई कुलमानको आग्रह |



प्रकाशित: असोज ३, शनिबार, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

महामारीका बेला सडकमा भीडभाड गरी आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबै समर्थकलाईलाई आग्रह गरेका छन् ।

प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ घिसिङको धारणा रहेको छ।

सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोभिड—१९ संक्रमणको जोखिम भइरहेका बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राख्दै महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन पनि घिसिङले विज्ञप्तिमार्फत आफ्ना सबै समर्थकलाई र अनुरोध गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार