वेपत्ता भएका पूर्वराजदूत रिचर्डको शव चार महिनापछि भेटियो |


Richard Morris
तस्विर श्रोत: news.sky.com
प्रकाशित: भाद्र १६, मङ्गलबार,  काठमाडौं ।
नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । उनको शव चार महिनापछि मात्र फेला परेको हो । उनको  घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिखमा बिहान साढे १० मा जगिङ्गका लागि  निस्किएका मोरिस बेपत्ता भएका थिए । बेपत्ता हुनुअगाडि उनी फिजीमा बेलायती उच्चायुक्त नियुक्त भएका थिए ।

ह्याम्पसायर प्रहरीले उनको शव उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार फेला पारेको हो । मृतक मोरिसको पहिचान औपचारिक रूपमा भैसकेको छैन । यद्यपि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बीबीसीले जनाएको छ ।

रिचर्ड मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा रहेका थिए । नेपालको परराष्ट्र कार्यालयले पछिल्लो पटक निकालेको विज्ञप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तित्वका रूपमा परिचित रहेको बताएको थियो । मोरिसका तीन सन्तान र एक श्रीमती छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार