कैदीहरूलाई कैद बापत रकम लिएर थुनामुक्त गर्न सर्वोच्चको आदेश ।


Jail

प्रकाशित: असोज ८, बिहीबार, काठमाडौँ । 
कारागारमा समेत कोरोना महामारीको संक्रमण बढ्दै गएको बेला कैदी, बन्दीलाई रोगको संक्रमणबाट बचाउने जिम्मेबारी राज्यको हुने भन्दै त्यसबाट जोगाउन कानुनमा भएको व्यवस्था बमोजिम रकम लिएर थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीशहरू; सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजालसले सो कुरा स्पष्ट पारेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा दिनको ३ सय रुपियाँका दरले रकम तिरेर कैदी थुनामुक्त हुनसक्ने प्रावधान रहेको छ र सो दफामा पहिलो पटक अपराध गरेको, एक वर्षभन्दा कम कैद सजाय भएको व्यक्ति दिनको ३ सय रुपियाँ तिरेर कारागार बाहिर बस्न सक्ने व्यवस्था छ ।

त्यसैगरी कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा भिडभाडमा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले विभिन्न मुद्दाका अभियोग लागेका विभिन्न सजाय भोगिरहेका कैदीबन्दी लाई कानुन बमोजिम रकम असुली कैदमुक्त गर्न सर्वोच्च ले भनेको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार