विदेशबाट आउनेले क्वारेन्टिन बसेपछि लक्षण नदेखिए पिसिआर गर्नुपर्दैन: स्वास्थ्य मन्त्रालय ।



प्रकाशित: भदौ २६, शुक्रबार, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने नेपालीहरु आफ्नै खर्च मा वा आफ्नै घरमा १४ दिन क्वारेन्टिन बस्दा पनि कोरोना भाइरसको कुनै लक्षण नदेखिएमा पिसिआर परीक्षण गर्नुपर्ने आवश्यकता नरहेको निर्णय गरेको छ ।

विदेशबाट आउनेले १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टिन‌ बस्नुपर्ने थियो भने अन्तर जिल्ला आवतजावत गर्दा आफ्नै घरमा वा आफ्नै खर्च मा क्वारेन्टिन बस्नु पर्थ्यो। त्यसपछिको निर्णयअनुसार पिसिआर नेगेटिभ भए विदेशबाट आउने सिधै घर जान पाउँथे तर आफ्नै घरमा पनि १४ दिनसम्म क्वारेन्टिन बस्नु पर्थ्यो। 

मन्त्रालयले यस विषयमा पून: निर्णय गर्दै अब विदेशबाट आउनेले वा अन्तर जिल्ला आवत-जावत गर्दा १४ दिन सम्म क्वारेन्टिन बसेपछि कोभिड-१९ को‌ कुनै लक्षण नदेखिए पिसिआर परीक्षण आवश्यक्ता नरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार