संविधान दिवसमा मधेश आन्दोलनकारी युवाहरुद्वारा दिप प्रज्वलन , जसपा द्वारा विरोध र्‍याली, प्रहरीद्वारा लाठी चार्ज ।


Constitution Day

प्रकाशित: असोज ४, आइतबार, जनकपुरधाम ।
नेपालमा संविधान जारी भएको आज छैठौं संविधान दिवश असोज ३ गते विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। कतै संविधानको सम्मान गर्दै दीप प्रज्वलन गरिएका छन् भने कतै हुँदो भएर विरोध गरिएको छ त कतै संबिधान जलाएर सम्म विरोध गर्ने प्रयास गरिएको छ ।

जनता समाजवादी पार्टी जस्ताले संविधान जारी भएदेखि नै मधेसी जनताको हक हित विपरित गाएको भन्दै असोज ३ लाई कालो दिनलो रूपमा मनाउँदै आएका छन् ।

जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा जनकपुरधाममा संविधान को बिरोध गर्दै विरोध र्‍याली निकालेका थिए। जनकचोकदेखि निकालिएको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरी पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

यसैक्रममा पहिलोपटक संविधान दिवसको अवसरमा मधेस आन्दोलनमा संलग्न एक युवा समूहले संविधानको सम्मान गर्दै दिप प्रज्वलन गरी संविधान दिवश मनाएका छन् । जनता समाजवादी पार्टी नेपालका युवा नेता समेत रहेका सुशिल कर्णको अगुवाइमा युवाहरूले सार्वजनिक रूपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरूपमै प्रदेश सरकार र जसपा नेताहरूलाई चुनौती दिँदै संविधान दिवस मनाएका हुन्।

युवा नेता कर्णका अनुसार संविधानमा केही त्रुटि रहेको भएपनि प्रदेश २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरूद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए।

संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेको नेता कर्णको ठहर् थियो।

यसरी नै अर्कोतिर धनुषाको सबैलाको ईलाका प्रहरी कार्यालयको थुनाभित्रै केही महिना अगाडि ज्यान गुमाएका शम्भु सदाको आमाको नेतृत्वमा केही स्थानीयहरूले संविधान दिवसको विरोध गर्दै संविधान जलाउन लाग्दा प्रहरीले लाठी चार्ज गरेको छ।

संविधान जलाउनेहरूलाई रोक्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको सबैला ईलाका प्रहरी कार्यालयका ईन्चार्ज इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार