तत्कालीन सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ माग गरेको अडियो खुलासा गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनको मोलमोलाई भएको भन्ने विषयमा अनुसन्धान गर्नका लागि मिश्रलाई अख्तियारले बुधबार एक सार्वजनिक सूचना जारी गरी बोलाएको हो ।
उक्त सूचनामा " यो म्याद सूचना प्रकाशित भएका मितिले सातदिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क रहेन आउनुहोला, नआए कानुन बमोजिम भई जानेछ " भनी जनाइएको छ ।
उक्त अडियो सार्वजनिक भएपश्चात् तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । उक्त अडियो मिश्रले गोप्य रुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ ।
मिश्रले रेकर्डिङ गरेको डिभाइस अख्तियारमा बुझाउनुपर्ने भनिएको छ तर त्यो डिभाइस जापानमा भएको हुँदा लिनका लागि आफू जापान गएको दाबी मिश्रले गरेका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :