नेपाल सरकारले रु एक र दुई का सिक्कहरुमा लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानीको गरी भारतद्वारा अतिक्रमित ३ सय ७२ वर्गकिमि क्षेत्रफल समेटेर नयाँ नक्सा तय गरिएको हो ।
नेपालको कोर्ट अफ आर्म्स मा लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्शा सामेल गरेसंगै रु १ र रु २ का सिक्कहरुमा समेत नेपालको नयाँ नक्शा सामेल गर्ने निर्णय गरेको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :