प्रकाशित: भदौ १६, मंगलबार,कंचनपुर।
सेती प्रादेशिक अस्पताल धनगढीमा एक महिलाले सोमवार तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणिकी २५ वर्षीया राजमती रानाले तीन छोरीहरूलाई जन्म दिएकी हुन । गर्भवती भएको सात महिनामै रानाको कोखबाट तिम्ल्याहा छोरी जन्मिएका हुन् ।
स्त्री तथा प्रसूती रोग विभागका प्रमुख डा. खगेन्द्र भट्टसहितको टोलीले रानाको शल्यक्रिया गरी तिम्ल्याहा शिशुलाई आमाको कोखबाट निकालेका हुन् ।
डा. भट्टका अनुसार तीनवटै छोरीको तौल क्रमश १४ सय, १२ सय ५० र १२ सय ग्राम रहेको छ। नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :