वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समाजले केही दिनसम्म महँगो मूल्यमा प्याज नकिन्नका लागि आग्रह गरेको छ । कृत्रिम अभाव सिर्जना गरेर प्याजको मूल्य वृद्धि गरी उपभोक्ताहरुलाई ठग्ने काम भइरहेको र त्यसका लागि विभागले कारबाहीको प्रक्रिया तीव्र रुपले अगाडि बढाएकाले अहिले महँगो मूल्यमा प्याज नकिन्नका लागि उपभोक्तालाई विभागले आग्रह गरेको हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी रविन्द्र आचार्यले , " प्याज अत्यावश्यक वस्तु होइन, व्यापारीहरूले लुकाएर राखेका छन्, केहीदिन बहिस्कार गर्ने हो भने कुहिने डरले आफै मूल्य घटाउँछन् " भने । उहाँका अनुसार प्यार धेरै समयसम्म लुकाउन सकिँदैन किनभने यो छिट्टै बिग्रन सक्ने वस्तु हो ।
व्यापारीहरुले चर्को मूल्यमा प्याज बिक्री गरे कारबाही गरिने र कसैले आफुलाई बढी मूल्यमा ठग्न खोजे विभागमा तुरुन्त खबर गर्न अनुरोध समेत उनले गरेका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :