विराटनगर महानगरद्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक, परीक्षा यसरि लिइने |


प्रकाशित: अशोज ११, आइतबार, विराटनगर ।
विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । महानगरले कोरोना भाइरसका कारण बन्द भइरहेका विद्यालयहरुले अब कक्षा ११ को परीक्षा सञ्चालन गर्न पाउने भनी तालिका समेत प्रकाशन गरेको हो ।

महानगरले असोज २५ गतेबाट विद्यालयहरुले कक्षा ११को परीक्षा सञ्चालन गर्न पाउने भनी तालिका प्रकाशित गरेको हो । महानगरीय शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले सरकारको नीतिअन्तर्गत तालिका प्रकाशित गरिएको बताउनुभयो । खतिवडाका अनुसार परीक्षा संचालन गर्नका लागि सरकारले सूचना दिइसकेको छ । परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिन का लागि विद्यालयलाई नै जिम्मेवारी दिइसकेको अवस्थामा विद्यालयहरुले माग गरेबमोजिम परीक्षा तालिका प्रकाशित गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश बोर्ड, जिल्ला समन्वय समिति, शिक्षा क्षेत्रसँग सम्बन्धित संस्था हरु र विद्यालयहरु कै सहमतिमा परीक्षा गर्ने निर्णय भएको हो । 

" (एस ई ई) एसएलसीको नतिजा पनि आएको र ती विद्यार्थीहरु ११ मा भर्ना हुनुपर्ने भएका कारणले पुराना ११ का बिद्यार्थीहरुलाई स्तर उन्नति गर्नुपर्ने भएका कारणले असोज १५ गतेदेखि भर्ना समेत खुला गरिएको हो र कक्षा ११ को परीक्षा तालिका पनि प्रकाशित गरिएको हो ।" उहाँले बताउनुभयो । 


त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले पनि विद्यालयले आफ्नो सहजता अनुसार परीक्षा सञ्चालन गर्न सक्ने बताउनुभएको थियो । "स्थानीय सरकारसँग क्षेत्राधिकार भएका कारणले विद्यालयहरुले आफ्नो अनुकुल समयमा परीक्षा लिन सक्नेछन् ।" उहाँले भन्नुभयो ।

हिसान (HISSAN) मोरङका अध्यक्ष राजेश कार्कीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिनेछ । " दुरी कायम गरेर भएपनि परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ, विद्यार्थीहरुलाई लामो समयसम्म अल्झाएर राख्न मिल्दैन " उहाँको भनाइ थियो ।

तर कोरोनाभाइरसको जोखिम कायमै रहेको भन्दै, भौतिक रुपमा उपस्थित भएर परीक्षा संचालन गर्दा जोखिम हुने कारण देखाउँदै विद्यार्थी तथा अभिभावकहरुले गुनासो पोखेका छन् । त्यस्तै कतिपय विद्यार्थीहरू अझैपनि विद्यालयको सम्पर्क भन्दा टाढा रहेको, र परीक्षा तालिका निकै छिटो प्रकाशित भएको भन्दै परिक्षा बिग्रन सक्ने बताउँछन् ।

परिक्षा तालिका :
class-11-routine-biratnagar

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार