सशस्त्र प्रहरीले प्रदेश २ मा थप ७३ वटा बिओपी स्थापना गर्दै


प्रकाशित: भदौ २०,शनिबार,पर्सा। 
सशस्त्र प्रहरीले प्रदेश २ मा नेपाल भारत सीमामा हुने अवैध गतिविधी नियन्त्रणका लागि थप ७३ वटा बोर्डर आउट रिच पोस्ट (बिओपी) स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नाउव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हचार्यले प्रमुख नाका वीरगञ्जको इनर्वामा स्थापना भएको बिओपीको शुक्रबार उद्घाटन गर्दै सो संख्या थपिने बताउनुभयो । 

सबै किसिमका अवैध क्रियाकलाप नियन्त्रणका लागि बिओपी थप्दै जाने योजना अनुसार पहिलो चरणमा १२ वटा, दोस्रोमा २४ र तेस्रो चरणमा ३७ वटा बिओपी स्थापना गरिने उहाँको भनाई थियो । प्रदेश २ मा हालसम्म ५० वटा बिओपी रहेका छन् । उहाँका अनुसार सीमामा हुने तस्करी, लागू औषध कारोबार, हातहतियार ओसारपसार र अन्तरदेशीय अपराध नियन्त्रणका लागि थप बिओपी स्थापना गर्न लागिएको हो । 

कोरोना सुरु भएदेखि सशस्त्र प्रहरीले नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओपी) समेत स्थापना गरेको छ । अवैध रुपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टाइनमा पठाउने काम एफओपीले गर्दै आएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार