गरिबलाई खाना ख्वाई, प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण गरी जन्मदिन मनाए लियो रमेश शर्माले।


प्रकाशित: भदौ १९, शुक्रबार, बिराटनगर ।
कोरोना संक्रमणको महामारी दिनानुदिन बढ्दै गइरहेको छ। यो बेलामा संक्रमण नियन्त्रण को लागि थालिएको लकडाउन निषेधाज्ञा जस्ता विभिन्न गतिविधिहरुले दैनिक ज्यालादारी गर्ने मजदुरहरु गरिबहरू निकै मारमा परेका छन्। 

वर्तमान स्थितिलाई मध्यनजर गर्दै रानी मिल्स एरिया बिराटनगरका एक युवाले अनौठो अभियान को सुरुवात गरेेका छन्। लायन्स क्लब अफ रानी बिराटनगर अन्तर्गत रहेका लियो क्लब अफ रानी विराटनगरका सदस्यः लियो रमेश शर्माले आफ्नो जन्मदिनको अवसरमा मास्क ,सेनिटाईजर बितरण गर्ने मजदुर तथा गरीबहरुलाई खाना खुवाउने जस्ता सामाजिक कार्यक्रम गरेर आफ्नो जन्मा उत्सव मनाएका छन् ।

शर्माले आफ्नो २२औं जन्मतिथिको अवसरमा उत्सव मनाउने रकमले मनोरञ्जनमा खर्च गर्नुको साटो गरिब ज्यालादारी गर्ने मजदुर तथा घरविहीन बाटोमा गुजारा गर्दै आएकाहरुलाई खाना खुवाएर जन्मदिन मनाएका छन् । विराटनगरको रोडशेष ,महेन्द्र चोक ,बरगाँछी चोक आदि विभिन्न ठाउँहरुमा निषेधाज्ञाको पालना गर्दै सामाजिक दूरी कायम गरेर बिभिन्न स्वास्थ्य सतर्कता अपनाउँदै कार्यक्रम सफल पारेका हुन् ।

यसरीनै शर्माले जनताको सेवामा जोखिम मोलेर दिनरात खट्ने प्रहरीहरुका लागि समेत मास्क र सेनिटाइजर उपलब्ध गराएका छन् ।

शर्माले ईलाका प्रहरी कार्यालय रानीका सुरक्षाकर्मीहरू को लागि १०० पिस सेनिटाइजर र १००० पिस पेपर मास्क ई. प्र. का. रानी का निरीक्षक दिपक थापा लाई सहयोगार्थ उपलब्ध गराएका हुन् । 

यसअधि इमान्दार तथा मेहेनती युवाले सामाजसेवा जस्तो कार्यलाई उत्सवको रुपमा मनाएर प्रेरणादायक सुरुवात गरेका छन्।






.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार