शुक्रबारदेखि सञ्चालनमा आयो विद्युतीय बस ।



प्रकाशित: असोज ३, शनिबार, काठमाडौँ । 
भवलक्ष्मी यातायात सेवाले शुक्रबारदेखि वातावरणमैत्री विधुतिय बस को सेवा सुरु गरेको छ ।चीनमा उत्पादन भएको उक्त विद्युतीय बस एकपटकको फुल चारजना ३ सय किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

उक्त बस काठमाडौंदेखि रामेछापको मन्थली सम्म ओहरदोहर गर्ने यातायात संचालकको योजना रहेको छ भने काठमाडौंदेखि पूर्वमा रहेको रामेछाप सम्म दुरि १२७ किलोमिटर छ ।

नेपालको सडक उकालो-ओरालो भएकाले उक्त बस झण्डै २ सय ३० किलोमिटरसम्म मात्र गुड्न सक्ने प्रयोगबाट देखिएको कारण रामेछाप आइपुगेको बसलाई पुन: रिचार्ज गरेपछि काठमाडौं फर्काउनु पर्ने भएको संचालक ऋतु चौलागाईंले बताएको छ।

सञ्चालक चौलागाईं का अनुसार ईन्जिन र गियर नभएको सुविधाजनक रहेको चालकसहित २० जना अटाउन सक्ने उक्त वस करिव १ करोडको लागतमा भित्र्याइएको हो । सामान्य घरमा जोडिएको विद्युत्‌बाटै रिचार्ज गर्न ९ घण्टा र ठूलो क्षमताको चार्जिङ स्टेशनमा बढीमा २ घन्टा लाग्ने उक्त बस चार्ज गर्नका लागि ८० देखि १ सय युनिटसम्म बिजुली खपत हुन्छ । विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्दा खर्च हुने विद्युतको प्रति युनिट ३ रुपैयाँ दस्तुर तोकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार