असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने खबर अपूर्ण।



प्रकाशित: भदौ २६, शुक्रबार, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको खबर अपूर्ण हेडलाइन हो। सरकारका प्रतिनिधि मध्ये कसैले पनि निशुल्क इन्टरनेट दिने भनी वक्तव्य दिएका पनि छैनन्, कतै उल्लिखित पनि छैन । 

नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई सहुलियत दरमा सशुल्क उपलब्ध गराउने’ निर्देशिकामा मन्त्रालयको भूमिकाबारे स्पष्ट लेखिएको छ ।

विद्यालय र विद्यार्थीहरूले इन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले सहुलियत दरमा सशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने भनिएको हो खबरलाई निःशुल्क उपलब्ध गराउने भने प्रचार गरिएको गलत रहेको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार