चीनले कोरोनाविरुद्धको अप्रमाणित खोप हजारौंको संख्यामा मानिसहरूलाई लगाइसकेको खुलासा ।



प्रकाशित: असोज १२, सोमबार, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरसविरुद्ध अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा रहेका छन् भने खोप विकासको प्रयास भइरहँदा त्यसको सुरक्षात्मक क्षमता र प्रभावकारितालाई लिएर चासो र चिन्ता समेत व्यक्त हुँदै आएको छ। 

तर चीनले भने यसैबीचमा अप्रमाणित अर्थात विकासको क्रममै रहेको जोखिमयुक्त कोरोना भाइरसविरुद्धको खोप सरकारको स्वामित्वमा रहेको कम्पनीको कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारी सहित गरी हजारौँको संख्यामा दिइरहेको द न्यूयोर्क टाईम्स मा प्रकाशित खबरले खुलाएको छ ।

अहिले चीनमा बिस्तारित मात्रामा प्रयोग भइरहेको अप्रमाणित खोपले व्यक्तिको स्वीकृतिको विषयलाई पनि चासोको केन्द्रमा ल्याएको छ भने सरकारी स्वामित्वका कम्पनीका कामदारलाई स्वइच्छा विपरित बाध्य पारेर खोप दिइएको हुन सक्ने भन्दै चिन्ता व्यक्त भएको छ।

विश्वमा अरु कुनै पनि देशले परीक्षणको दायरा भन्दा बाहिरका मानिसलाई विकासको क्रममा रहेको अप्रमाणिमत खोप दिएका छैनन्।

तर ती खोप सुरक्षित र प्रभावकारी हुने अपेक्षासहित चीनले अहिले नै खोप दिइरहेको खबरमा उल्लेख छ‌ र अधिकारीहरुले ती खोपहरु अझै धेरै व्यक्तिलाई दिने तयारी गरेका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial