शुल्क नतिरेको भन्दै निजी विद्यालयका प्रिन्सिपलबाट अभिभावकलाई कुटपिट ।



प्रकाशित: भदौ २१, आइतवार, नवलपरासी 
। 
पूर्वी नवलपरासीका विनयी त्रिवेणी गाउँपालिका–६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई विद्यालयको शुल्क नतिरेको भन्दै कुटपिट गरी खुट्टा भाँचिदिएका छन् ।

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का कृष्णप्रसाद आचार्यका दुई छोराहरु सो विद्यालयमा अध्ययन गर्दै आएका थिए भने प्रिन्सिपलको कुटाइबाट ती अभिभावक आचार्यको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले जानकारी दिए ।

कोरोना संक्रमणका कारण देशका विभिन्न स्थानीय तह र जिल्लाहरूमा लकडाउन गरिएको छ। राष्ट्रियस्तरमा लगाउन खुल्ला गरे पनि शिक्षण क्षेत्र, सिनेमा हल आदिजस्ता क्षेत्रहरूमा अझै प्रतिबन्ध लगाएको छ।

यस्तो बेलामा साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको र रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए ।

घाइते आचार्यका छोरा लक्षण आचार्यका अनुसार तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ –३० हजार रकम तिर्न बाँकी रहेको र एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमानै हातपात गएको हो ।

गाउँघरको झगडा भन्दै लामो समय हुँदा समेत प्रहरी समक्ष उजुरी पुगेको थिएन् । बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको आचार्यको खुट्टाको अप्रेसन गर्नुपर्ने भएपछि र उपचार खर्च पनि धेरै लाग्ने भएपछि भदौ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले जाहेरी दर्ता गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार